ट्रम्पको आदेश अदालतले रोक्यो

काठमाडौं, १६ माघ । अमेरिकाको संघीय अदालतले आप्रवासी सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको केही भाग तत्काल कार्यान्वय नगर्न ओदश दिएको छ । संघीय अदालतले अमेरिकाका विभिन्न विमानस्थलमा रोकिएका शरणार्थी तथा अरु मानिसलाई उनीहरुको देश फिर्ता नगर्न आदेश दिएको हो । न्युयोर्कको जोन एफ केनेडीसहित विभिन्न विमानस्थलमा राष्ट्रपति ट्रम्पको आदेश अनुसार शरणार्थी तथा अरु मानिसलाई रोकिएपछि अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले अब भिसा जारी गर्दा राष्ट्रपति ट्रम्पको आदेश अनुसार संविधान सम्वद्ध हुने गरी गर्न पनि भनेको छ ।