ट्रम्पको मन्त्री छनोट प्रक्रिया डेमोक्रेट सांसदहरुद्धारा बहिष्कार

२०७३ माघ १९ गते, बुधबार

काठमाडौं, १९ माघ । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले मनोनित गरेका दुई मन्त्रीका उम्मेदारको छनौट गर्ने मतदान प्रक्रिया डेमोक्रेट सांसदहरुले बहिष्कार गरेका छन् । ट्रम्पले शपथ लिएको दोस्रो हप्तामै उनको छनौटविरुद्ध भएको बहिष्कारसँगै मतदान प्रक्रिया पछि धकेलिएको छ ।
मनोनित स्वास्थ्य मन्त्री टम प्राइस र अर्थ मन्त्री स्टीफन मनुशिनको आर्थिक गतिविधिको बारेमा थप जानकारीको माग गर्दै मतदान प्रक्रिया बहिष्कार गरिएको हो । योसँगै मनोनित महान्यायाधिवक्ता जोफ सेसन माथिको मतदान पनि सरेको छ । ट्रम्पले आप्रवासनसम्बन्धी निर्देशनको वैधतामा प्रश्न उठाएपछि कार्यवाहक महान्यायाधिवक्ता स्याली यट्सलाई बर्खास्त गरेका थिए ।
ट्रम्पको निर्देशनमा सात मुश्लिम बहुल मुलुकका नागरिकको अमेरिका आगमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ । ट्रम्पले मनोनित गरेका अरु प्रतिनिधि भने मतदानबाट चुनिइसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु