राष्ट्रपति कार्यालयमा आगोलागी

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौं, २१ माघ । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगोलागी भएको छ । सरकारी उच्च अधिकारीहरुले आगोलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पस्ट पारेका छन् । स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगोलागी सुरु भएको थियो ।
आगोलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगोलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । बेलायतले भारतमा शासन गरेकोबेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् । – रासस/सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु