ट्रम्पको आदेशलाई अडचन

२०७३ माघ २२ गते, शनिबार

काठमाडौं, २२ माघ । सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न सियाटलका न्यायाधीशले अस्थायी रुपमा रोक लगाइदिएका छन् । राष्ट्रपतिले जारी गरेको कार्यकारी आदेशलाई अन्यथा गर्ने अधिकार अमेरिकी राज्यहरुसँग नरहेको भन्ने सरकारी वकीलको दावीलाई खारेज गर्दै अदालतले राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सरकार यस फैसलाविरुद्ध अपीलमा जानसक्ने बताइएको छ । उक्त आदेशविरुद्ध अदालत उभिएपछि ट्रम्प प्रशासन चुनौति खेपिरहेको छ । ट्रम्पको आदेश यता करीब ७० हजार भिसा रद्द गरिसकेको बताइएको छ । यसैबीच नर्वेका पूर्व प्रधानमन्त्रीलाई उनको पासपोर्टमा इरानी भिसा भएकै आधारमा अमेरिकी विमानस्थलमा रोक लगाइएको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]