बौद्ध मठबाटै तस्करी !

२०७३ माघ २५ गते, मंगलवार

काठमाडौं, २५ माघ । म्यानमारमा लागू औषधसहित एक बौद्ध भिक्षु पक्राउ परेका छन् । मेथाम्फेटामाइनको चार लाख गोलीसहित भिक्षुलाई रकाइन प्रान्तबाट पक्राउ गरिएको हो । बौद्ध मठबाट ४० लाख बराबरको मेथाम्फेटामाइनको गोली लुकाएर राखिएको पनि फेला परेको छ । सो मन्दिरको रेखदेखमा रहेको भिक्षु म्यानमारको रकाइन प्रान्त जाने क्रममा पक्राउ परेका हुन् ।
पक्राउ परेको लागू औषधको मूल्य ९२ लाख अमेरिकी डलर बराबरको रहेको बुझिएको छ म्यानमारदेखि बंगलादेशको सीमामा रहेको माउँगर्डा शहर जाने क्रममा उनी पक्राउ परेका हुन् । म्यानमार पछिल्लो समय लागू औषध उत्पादन गर्ने राष्ट्रको सूचीमा परेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु