९७ प्रविधि कम्पनीद्वारा ट्रम्पलाई चुनौति

२०७३ माघ २५ गते, मंगलवार

काठमाडौं,२५ माघ । एप्पल, फेसबुक, गूगलसहितका अमेरिकाकै सबैभन्दा ठूला ९७ प्रविधि कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धविरुद्ध सामूहिक रुपमा कानूनी चुनौति दिएका छन् । ट्रम्पको प्रतिबन्धका कारण आफ्नो व्यापारमा ठूलो नोक्सान भएको भन्दै उनीहरुले कानूनी चुनौति दिएका हुन् । सानफ्रान्सिस्को अदालतमा चलेको मुद्दामा उनीहरुले सात मुस्लिम मुलकका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदा आफ्ना कम्पनीहरुलाई प्रतिभा खोज्न गाह्रो पर्ने तर्क गरेका छन् ।
यद्यपि, एक अदालतले ट्रम्पको आदेश गलत भएको भन्दै अन्तरिम आदेश दिइसकेको छ । यता, अमेरिकी कानून विभागले भने राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश निलम्बित गर्ने अदालती आदेशविरुद्ध चुनौति दिएको छ । प्रतिबन्धले राष्ट्रपतिको शक्तिको सीमालाई खुम्च्याउन खोजेको भन्दै कानून विभागले संघीय अदालतको रोक लगाउने निर्णय गलत भएको जिकीर गरेको हो । यसबारे पनि सानफ्रान्सिस्को अदालतमै मंगलवार सुनुवाई हुँदैछ । राष्ट्रपति ट्रम्पले २५ जनवरीमा सात मुस्लिम बहुल मुलुक सीरिया, ईरान, लीबिया, इराक, सोमालिया, सूडान र यमनका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु