राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब !

२०७३ माघ २८ गते, शुक्रबार

काठमाडौं, २८ माघ । राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब भएको घटना प्रकाशमा आएको छ । समाचार एजेन्सीहरुका अनुसार घानाको राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको हो । त्यहाँको नयाँ सरकारले राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको जनाएको छ । डिसेम्बरमा भएको निर्वाचनबाट सत्तारुढ भएको दल ‘न्यू पेट्रियाटिक’ले बुझ–बुझारथका क्रममा कारको विवरण रुजु गरेको थियो । सत्ता परिवर्तनपछि सरकारी गाडी नबुझाउने अधिकारीहरुबाट सम्बन्धित सवारी साधन जफत पनि गरिएको थियो ।
अघिल्लो सरकारका संचारमन्त्री रहेका ओमाने बोआमाहका अनुसार नयाँ सरकारले गाडी खरिदको आवश्यकता औंल्याउनका लागि झुटो आरोप लगाएको हो । तर राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार राष्ट्रपति कार्यालयको एक सय ९६ वटा टोयोटा ल्यान्डक्रुजर गाडीमध्ये ७४ वटामात्र फेला परेको छ । त्यसैगरी ७३ वटा प्राडो गाडीमध्ये २० वटा भेटिएको, २० मर्सिडिजमध्ये ११ वटा फेला परेको, २८ टोयोटा एभेनोन्समध्ये दुईवटा फेला परेको, ६ बिएमडब्ल्युमध्ये ६ वटामात्र फेला परेको छ ।
घानाको सिटी एफएमले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार गाडीहरु बेपत्ता भएका कारण नयाँ राष्ट्रपतिले १० वर्ष पुरानो बीएमडब्ल्यु प्रयोग गर्नु परेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]