‘राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न सक्दैन’

२०७३ फाल्गुन २ गते, सोमबार

काठमाडौं,२ फागुन । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक जना उच्च सल्लाहकारले सात मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन गर्न नदिने संघीय पुनरावेदन अदालतको आलोचना गरेका छन् । ह्वाइट हाउसका उच्च सल्लाहकार स्टिफन मिलरले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्ने पक्षमा फैसला सुनाएको संघीय पुनरावेदन अदालतको आलोचना गरेका हुन् । मिलरले पुनरावेदन अदालतको फैसलाले न्यायीक शक्तिको अपहरण रहेको आरोप लगाए । उनले राष्ट्रपतिको शक्तिमा कसैले प्रश्न गर्न नसक्ने जिकीर गरेका छन् ।
अमेरिकाको संघीय पुनरावेदन अदालले गत बिहीबार वासिङटनको सिएटल संघीय अदालतले गरेको निर्णयलाई सदर गर्दै राष्ट्रपतिको आदेश तत्कालका लागि निलम्बित गर्ने फैसला गरेको थियो । ट्रम्प प्रशासनले सिएटल अदालतको फैसलाको विरोधमा पुनरावेदन अदालतमा अपिल दर्ता गरेको थियो । राष्ट्रपति ट्रम्पको ओदश विरुद्ध विभिन्न संघीय अदालतमा मुद्दा दर्ता भएका छन् र अमेरिकासहित विश्वभर प्रदर्शन भएको छ । अदालतको निलम्बन तथा प्रदर्शनका बाबजुद पनि ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्ने तयारी गरेको पनि बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]