‘राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न सीआइएको निर्देशन’

२०७३ फाल्गुन ७ गते, शनिबार

काठमाडौं, ७ फागुन । विकिलिक्सद्वारा विहीबार सात पृष्ठ लामो एक दस्तावेज सार्वजनिक गर्दै फ्रान्सको सन् २०१२ मा भएको राष्ट्रपतिको निर्वाचनमा जासुसी गर्न अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआइए)ले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको जनाइएको छ । विहीबार राति विकिलिक्सद्वारा उक्त दस्तावेजलाई सार्वजनिक गर्दै ‘अमेरिकी जासुसहरु अनधिकृतरुपमा निर्वाचन अभियानलाई प्रभावित तुल्याउन खटिएको’ जनाइएको छ । विकिलिक्सद्वारा प्रकाशित सीआइएसम्बन्धी गोप्य दस्तावेज असाधारण भएपनि निर्देशन सामान्य सूचना संकलनजस्तो देखिएको छ ।
फ्रान्सेली सन्चारमाध्यमले दस्तावेजबाट निर्वाचन हुनुभन्दा दुई महिनापहिले सार्वजनिक यस सूचनालाई खासै महत्व भने दिएको पाइएन । सीआइएद्वारा दस्तावेजबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गरिएको छ । विकिलिक्सले दस्तावेज कहाँबाट आएको हो भन्ने विषयमा प्रतिक्रिया नदिएको तर इमेलमार्फत् सूचना आधिकारिक भएको जनाएको छ । – रासस/एपी

प्रतिक्रियाहरु

[anycomment]