संचारमाध्यमविरुद्ध ट्रम्प

२०७३ फाल्गुन ८ गते, आईतवार

काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सञ्चारमाध्यममाथि फेरि खनिएका छन् । फ्लोरिडामा आयोजित र्‍यालीमा ट्रम्पले सञ्चार माध्यमले सही देखाउन नचाहेको र आफ्नो एजेण्डामा काम गरिरहेको आरोप लगाए । अमेरिकी जनतासँग झूठो समाचारको आड विना प्रत्यक्ष सम्वाद गर्नुपर्ने उनको भनाइ थियो । सञ्चारमाध्यमलाई ‘बेइमान’ भन्दै अमेरिकी राष्ट्रपतिले केही सञ्चारमाध्यमले सत्य तथ्य नभई आफ्नाबारेमा मनगढन्ते समाचार दिने गरेको जिकिर गरे ।
यसअघि उनले राष्ट्रपतिका रुपमा पहिलो पत्रकार सम्मेलनमा अमेरिकी सञ्चारमाध्यम अमेरिकाको दुश्मन भएको आरोप लगाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकीलाई राम्रो हेल्थकेयर प्लान दिने र ओबामाको सुधार कार्यक्रम उल्टाउने स्पष्ट पारे । आफ्नो प्रशासन सुचारु रुपमा चलिरहेको भन्दै उनले सेनाको पूनर्गठन गरिने उल्लेख गरे । उनले आईएसलाई परास्त गर्ने योजना बनाइने बताए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]