इजरायलद्वारा भिसा परमिटमाथि कडाई

२०७३ फाल्गुन २४ गते, मंगलवार

काठमाडौं, २४ फागुन । इजरायलको संसद्ले आफ्नो देशमाथि प्रतिबन्ध लगाउने र त्यस्तो प्रतिबन्धलाई समर्थन गर्ने जुनसुकै देशका नागरिकलाई भिसा नदिने कानुन पारित गरेको छ । नयाँ कानुनअनु्सार इजरायलमाथि प्रतिबन्ध लगाउने देशका नागरिकलाई भिसा परमिट दिइने छैन ।
यद्यपी कानुन कहिलेदेखि लागू हुन्छ भन्नेबारे स्पष्ट पारिएको छैन । यो कानुनले प्यालेस्टायनी नेतृत्वको समर्थन गर्ने समूह मारमा पर्नेछन् । यता प्यालेस्टायन समर्थकले भने इजरायलको यो निर्णयको विरोध गरेका छन् । इजरायलमा कार्यरत प्यालेस्टायनीहरुको संख्या उल्लेख्य रहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]