डच उपप्रधानमन्त्री र राजदूतलाई अंकरा फर्कन नदिने घोषणा
काठमाडौँ, १ चैत । नेदरल्याण्डस् र टर्कीबीच कूटनीतिक तनाव चुलिरहेका बेला टर्कीले डच उपप्रधानमन्त्री र डच राजदूतलाई अंकरा फर्कन नदिने घोषणा गरेको छ । टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ हुन लागेको जनमत संग्रहलाई लिएर टर्कीसको समर्थन जुटाउन यूरोपका विभिन्न मुलुकले टर्कीलाई र्याली गर्न रोक लगाएका छन् । यसबाट रुष्ट टर्कीले नेदरल्याण्डस्सँगको उच्च तहको राजनीतिक वार्ता पनि स्थगित गरेको छ । नेदरल्याण्डस्ले भने टर्कीका रहेका आफ्ना नागरिकलाई सावधान रहन सूचित गरेको छ । जर्मनी, अष्ट्रिया, स्वीट्जरल्याण्डले पनि र्यालीमा रोक लगाएका छन् । तर फ्रान्सले भने र्याली अगाडि बढाउन दिने जनाएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले र्यालीमा रोक लगाउने कार्यलाई नाजीवादको अवशेष र फाँसीवादी भनी आरोप लगाएका छन् । आइतबारमात्र नेदरल्याण्डस्ले टर्कीस मन्त्रीलाई रोट््रड्याममा सम्बोधन गर्न रोक लगापछि त्यहाँ व्यापक झडप भएको थियो । नेदरल्याण्डस्मा दुई दिन पछि आमचुनाव हुँदै छ । – एजेन्सी