बिरामीले जलाए नर्स

२०७३ चैत्र २ गते, बुधबार

काठमाडौं, १ चैत । इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ । ५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए ।
त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले बुधबारबाट दुई दिने हड्ताल गर्ने जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु