एक सय किलोग्रामको सुनको सिक्का चोरी

२०७३ चैत्र १५ गते, मंगलवार

काठमाडौं, १५ चैत । जर्मनीको एक सङग्राहलयमा रहेको एक सय किलोग्रामको सुनको सिक्का चोरी भएको छ । बर्लिनमा रहेको बोडे सङग्राहलयबाट रातको समयमा ४० लाख अमेरिकी डलर मुल्यको सुनको सिक्का चोरी भएको बिबिसिले जनाएको छ । बेलायतीकी महारानी एलिजाबेथको चित्र अंकित विग मेफल लिफ नाम दिईएको सिक्का २४ क्यारेट सुनबाट बनेको थियो ।
सुरक्षा उपकरणलाई बन्द गरेर झण्डै आधा मिटर लामो सुनको सिक्कालाई चोरले कसरी लगे भन्ने पत्ता लाग्न नसकेको र अनुसन्धान भईरहेको बताईएके छ । क्यानेडियन कालिगढले सन् २००७ मा सो सिक्का कुँदेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ लाख ४० हजार सामान रहेको सङग्राहयबाट सो सिक्काबाहेक कुनै पनि सामान चोरी नभएको स्थानिय प्रहरीले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]