आत्मघाती विस्फोटमा १५ जनाको मृत्यु
काठमाडौं, १७ चैत । इराकको राजधानी बग्दादमा गराइएको आत्मघाती कार बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका छन् । प्रहरी चेक प्वाइन्टमा इन्धन लिएर आइरहेको ट्यांकरलाई लक्षित गरी आत्मघाती कार विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । घटनामा चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को हात रहेको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।- एजेन्सी