कोलम्बियामा बाढी पहिरो,सयौको मृत्यु
काठमाडौं, २० चैत । लेटिन अमेरिकी मुलुक कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परि २ सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् । २ सय २ जना घाइते भएको जनाईएको छ । पुटुमायो प्रान्तका कैंयौ गाँउ पहिरोले पुरिएका छन् । प्रान्तका अधिकांश घरमा क्षति पुगेको रेड क्रेसले जनाएको छ । लगातारको वर्षाले स्थानीय नदीमा पानीको बहाव उच्च हुँदा विभिन्न बाँध फुटेका छन् । बाढीले तटीय क्षेत्रका वस्ती ध्वस्त बनाएको छ ।
राष्ट्रपति हुँवा म्यानुएल सान्तोसले प्रभावित क्षेत्रको अवलोकन गरेपछि त्यहाँ आपतकालिन अवस्था घोषणा गरेका छन् । उद्धार तथा राहतका लागि ११ सय भन्दा धेरै सैनिक तथा प्रहरी खटाईएको छ । -एजेन्सी