सन्चारकर्मीमाथि हुने हिंसाविरुद्ध पत्रिका प्रकाशन बन्द

२०७३ चैत्र २१ गते, सोमबार

काठमाडौं, २१ चैत । मेक्सिकोमा सन्चारकर्मीमाथि हुने हिंसाविरुद्ध स्थानीय पत्रिकाहरुले आफ्नो प्रकाशन बन्द गरेका छन् । पत्रिकाहरुले आफ्ना सहकर्मीमाथि बढ्दो हिंसा र कारबाही गरिएका कारण बाध्यतावश प्रकाशन बन्द गरेको जनाएका छन् ।
गत महिना ‘नोर्टे डी सियुडाड जारेज’ पत्रिकाका एक पत्रकार मिरास्लाव ब्रीचको गोली हानी हत्या गरिएको थियो । मार्चमा अरु दुईजना पत्रकारको पनि हत्या भएको थियो । ब्रीचले संगठित अपराध र राजनीतिज्ञबीचको सम्बन्धमा गहिरो रिपोर्टिङ गरेका थिए । उनीमाथि आफ्नै निवासबाहिर आठ गोली हानिएको थियो । मेक्सिकोमा सन् १९९२ यता ३५ पत्रकारको हत्या भएको छ । मारिनेमा एक चौथाइ पत्रकारहरुमाथि विभिन्न किसिमका यातना दिइएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]