‘मिसाइल आक्रमणले परमाणु कार्यक्रम सफल भयो’

२०७३ चैत्र २७ गते, आईतवार

काठमाडौं, २७ चैत । उत्तर कोरियाले सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमणले आफ्नो परमाणु कार्यक्रम सही सावित भएको जनाएको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सरकारी प्रवक्तालाई उद्धृत गर्दै परमाणु कार्यक्रम थप बलियो बनाउने निर्णय सही देखिएको जनाएको उल्लेख गरेको छ । सैन्य शक्तिबाटै साम्राज्यवादी आक्रामकताबाट बचाउने भन्दै उत्तर कोरियाले अमेरिकी आक्रामकता सामना गर्न सैन्य शक्ति बढाउने क्रम जारी राख्ने जनाएको छ । अमेरिकी आक्रमण एक सम्प्रभु राज्यविरुद्ध सहन नसकिने कदम भएको उत्तरको ठहर छ । उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई बेवास्ता गर्दै परमाणु मिसाइल विकास गर्न भन्दै विभिन्न परीक्षण गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]