अमेरिकाद्वारा अफगानिस्तानको नागहार प्रान्तमा बम प्रहार

२०७४ बैशाख १ गते, शुक्रबार

काठमाडौं, १ बैशाख । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ । अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तमा खसालेको जनाएको छ । सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिएन ।
अमेरिकी रक्षा मन्त्रालयले विद्रोही समूह स्लामिक स्टेट आइएसको क्षेत्रमा यो बम खसालेको बीबीसीले जनाएको छ । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ । गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]