टर्कीमा जनमत संग्रह हुदै

२०७४ बैशाख ३ गते, आईतवार

काठमाडौं, ३ बैशाख । टर्कीमा राष्ट्रपतिको शक्ति बढाउने विषयमा ऐतिहासिक जनमत संग्रहको लागि मतदान भइरहेको छ । राष्ट्रपति रिसेप तैयप अर्दोगानले संसदीय व्यवस्थालाई प्रतिस्थापन गरी कार्यकारी राष्ट्रपति प्रणालीमा लैजान चाहेका छन् । जनमत संग्रहको नतिजा अर्दोगानको पक्षमा आए उनी सन् २०२९ सम्म शक्तिशाली राष्ट्रपतिका रुपमा रहने छन् ।
राष्ट्रपतिका समर्थकहरुले नयाँ कदमले मुलुकलाई आधुनिक बनाउने बताएका छन् भने विपक्षीले भने यसले ठूलो निरंकुशता निम्त्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् । अर्दोगान एक दशकसम्म प्रधानमन्त्री बनेपछि सन् २०१४ मा राष्ट्रपति बनेका हुन् । टर्की करिब एक शताब्दीअघि गणतन्त्रात्मक मुलुक बनेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]