रुसी जासुसी जहाज समुद्रमा डुब्यो

२०७४ बैशाख १५ गते, शुक्रबार

काठमाडौं, १५ वैशाख । रुसको एक जासुसी जहाज टर्कीको समुद्री तटमा डुबेको छ । अर्को मालवाहक जहाजसँग ठोक्किँदा जासुसी जहाज डुबेको हो । जहाज डुबे पनि त्यसमा रहेका चालक दलका ७८ जना सदस्यको भने सकुशल उद्दार गरिएको छ । दुईवटा जहाज कसरी ठोक्किए भन्ने स्पष्ट हुन सकेको छैन । टर्कीका सञ्चारमाध्यमहरुले केही जनावर लिएर गइरहेको जहाजसँग जासुसी जहाज ठोक्किएको जनाएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु