शरणार्थी शिविरमा आईएसको आक्रमण

२०७४ बैशाख २० गते, बुधबार

काठमाडौं,२० बैशाख । इराकसँग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ । मारिनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए । बम आक्रमण र त्यसपछिको भिडन्तमा ३४ भन्दा बढी घाईते भएका छन् । घाइते कयौंको अवस्था गम्भीर छ ।
आक्रमणपछि नजिकैको चेकपोष्टमा रहेका सिरियन डेमाक्रेटिक फोर्सका सेनासँग लडाकुको भीडन्त भएको थियो । लडाकुहरुले आक्रमणपछि थुप्रैलाई अपहरणसमेत गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]