कोलोम्बियामा आठ सर्वसाधारणको अपहरण
काठमाडौं, २६ बैशाख । कोलोम्बियाको विद्रोही समूहले आठ जना सर्वसाधारणलाई अपहरण गरेको छ । कोलोम्बियाको दोस्रो ठूलो विद्रोही समूह नेसनल लिवरेसन आर्मीले आठ जना सर्वसाधारणलाई अपहरण गरी डुंगामा चढाएर घना जंगलतर्फ लगेको कोलम्बियाली सरकारले जनाएको छ । अपहरणमा पर्नेमा सात जना पुरुष र एक महिला छन् । सर्वसाधारणलाई अपहरणमुक्त गर्न कोलम्बियाली सेनाले प्रयास जारी राखेका छन् ।
सो बिद्रोही समूहसँग कोलम्बियाली सरकारले गत फेब्रुअरीमा गरेको शान्तिवार्ता भंग भएको थियो । आगामी साता इक्वेडरमा वार्ता हुने मिति तय भएकै बेला बिद्रोही समूहले सर्वसाधारणको अपहरण गरेको हो । – एजेन्सी