‘हालै परीक्षण गरिएको क्षेप्यास्त्र ठूलो परमाणु हतियार बोक्ने क्षमताको ‘

२०७४ जेष्ठ १ गते, सोमबार

काठमाडौं,१ जेठ । उत्तर कोरियाले हालै परीक्षण गरिएको आफ्नो क्षेप्यास्त्रले ठूलो परिमाणमा परमाणु हतियार बोक्न सक्ने दाबी गरेको छ । आइतबार गरिएको सो क्षेप्यास्त्रको परीक्षण सफल भएको जनाउँदै उत्तर कोरियाले यस्तो दाबी गरेको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र नयाँ प्रकारको रकेटजस्तै हो, जसले परमाणु हतियार बोक्न सक्छ ।
उक्त क्षेप्यास्त्र दुई हजार किलोमिटरको उचाईसम्म पुगेको बताइएको छ । उक्त क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको थियो । उत्तर कोरियाले सोमबार जनाएअनुसार परीक्षण गरिएको सो क्षेप्यास्त्रको उद्देश्य ‘नयाँ विकसित ब्यालेस्टिक रकेटको क्षमता’ मापनका लागि थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु