ट्रम्पको बचाउमा पुटिन

२०७४ जेष्ठ ४ गते, बिहीबार

काठमाडौं, ४ जेठ । रुससँगको सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि उठिरहेको प्रश्नका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको बचाउ गरेका छन् । अमेरिकी संचारमाध्यमका अनुसार ट्रम्पले रुसी विदेशमन्त्रीलाई गोप्य जानकारी उपलब्ध गराएका थिए । ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । रुसी राष्ट्रपति पुटिनले पनि ती आरोपमा सत्यता नभएको बताएका हुन् ।
पुटिनले अमेरिकी संसदले मागेको खण्डमा त्यतिबेलाको भेटवार्ताको रेकर्ड उपलब्ध गराउन रुस तयार रहेको बताए । अमेरिकी संचारमाध्यमले ट्रम्प प्रशासनको सम्बन्ध रुससँग रहेको भन्दै केही गोप्य जानकारी रुसलाई उपलब्ध गराइएको दाबी गरेका छन् । यससँग सम्बन्धित विषयमा छानविन गरिरहेको अवस्थामा ट्रम्पले एफबीआइ निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेको आरोप अमेरिकी संचारमाध्यमले लगाउँदै आएका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु