फक्स न्यूजका सम्पादक रोजरको निधन
काठमाडौं, जेठ ५ । फक्स न्यूजका संस्थापक तथा पूर्व प्रमुख रोजर एलिसको ७७ वर्षको उमेरमा निधन भएको छ । एलिसको निधनको कारण नखुलाइए पनि गत हप्ता लडेर घाइते भएका उनी कोमामा थिए । दुई दशक फक्स न्यूजमा प्रमुखको भूमिका निर्वाह गरेका उनी गत वर्षमात्रै जिम्मेवारीबाट अलग भएका थिए ।
सञ्चार क्षेत्रमा दरिलो आवाज स्थापना गर्न उनको योगदान रहेको छ । फक्स न्युजको मातृसंस्था ट्वान्टी फस्र्ट सेन्चुरी फक्सका प्रमुख रुपेट मर्डकले अमेरिकाको सञ्चार क्षेत्रलाई व्यवस्थित गराउन उनको ठूलो भूमिका रहेको प्रतिक्रिया दिएका छन् । – एजेन्सी