‘युरोपले अब अमेरिका र बेलायतसँग पूर्ण रुपमा भर पर्नु पर्दैन् ‘
काठमाडौं, १५ जेठ । जर्मन चान्सलर एन्जेला मर्केलले युरोपले अब अमेरिका र बेलायतसँग पूर्ण रुपमा भर पर्ने अवस्था नरहेको बताएका छन् । विश्वका धनी राष्ट्रको समूह जि-सेभेनको सम्मेलनपछि जर्मन चान्सलर मर्केलले अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित र बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि अब इयुले अमेरिका र बेलायतमाथि भर गर्ने अवस्था नरहेको बताएका हुन् । उनले युरोपले अब रुससँग पनि मित्रवत सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए । तर, युरोपले आफ्नो भविष्यका लागि आफैं प्रयास गर्नुपर्ने उनको भनाइ थियो । सन् २०१५ मा भएको पेरिस जलवायु सन्धिमा मतभेद भएपछि मर्केलको यस्तो भनाई आएको हो ।
अमेरिकाको असहमतिका कारण जी–सेभेन सम्मेलनले पेरिस सन्धि कार्यान्वयन गर्नेसम्बन्धी साझा घोषणापत्र जारी गर्न सकिएको थिएन । – एजेन्सी