समलिंगी नेता प्रधानमन्त्री बन्ने

२०७४ जेष्ठ २० गते, शनिबार

काठमाडौं, २० जेठ । समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डका प्रधानमन्त्री बन्ने भएका छन् । ३८ वर्षका भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी रहेको देशको उनी पहिलो समलिंगी प्रधानमन्त्री बन्न लागेका हुन् । भाराङ्करले ६० प्रतिशत मत प्राप्त गर्दै प्रतिद्वन्द्वी हाउजिङ मन्त्री सिमोन कोभेनीलाई हराएका हुन् । उनी आयरल्याण्डको पहिलो समलिंगी र सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुनेछन् ।
भाराड्करले एक हप्ताभित्रै पार्टीका नेता एन्डा केन्नीको ठाउँ लिनेछन् । उनी आइरिस नर्स र भारतीयमूलका डाक्टरका छोरा हुन् । उनका माता पिताले भारतमा समेत काम काम गरेका थिए । सन् १९७९ को जनवरी १८ मा डबलिनमा उनको जन्म भएको थियो । उनका पिता अशोकले आइरिस मुलकी नर्स मरियमसँग विवाह गरेका थिए । भाराड्करको चुनावी अभियान उनको उमेर र समलैंगिकताका कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको थियो । आयरल्याण्डलाई युरोपको सबैभन्दा रुढिवादी देशको रुपमा लिने गरिएको छ । तर भाराड्कर रुढिवादी देशको उदारवादी अनुहार बन्न सफल भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु