गद्दाफीका छोरा लडाकू समूहको कब्जाबाट मुक्त

२०७४ जेष्ठ २८ गते, आईतवार

काठमाडौं, २८ जेठ ।लिबियाका पूर्वशासक मुअम्मर गद्दाफीका छोरा सइफ अल इस्लाम गद्दाफी लडाकु समूहको कब्जा मुक्त भएका छन् । ६ वर्षअघि लिबियाको जिन्तान शहरमा एउटा मिलिसिया समूहले गद्दाफीका उत्तराधिकारी मानिएका दोस्रो छोरा सेफ अल इस्लाम गद्दाफीलाई कब्जामा लिएको थियो । तर सो समूहले मानवअधिकारवादी संगठन एम्नेस्टीको जिम्मा लगाएर उनलाई मुक्त गरेको जनाइएको छ । सन् २०१५ मा त्रिपोलीको एउटा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर मिलिसिया समूहले उनलाई अदालत समक्ष बुझाउन अस्वीकार गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु