२४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश

२०७४ असार २ गते, शुक्रबार

काठमाडौं, २ असार । बेलायतकी प्रधानमन्त्री टेरेजा मेले पश्चिम लण्डनको २४ तले एक भवनमा भएको आगलागीबारे छानविन गर्न आदेश दिएकी छन् । घटनालाई दुःखद भन्दै प्रधानमन्त्री मेले यसबारे अनुसन्धान हुनुपर्ने बताइन् । दुर्घटनास्थलको भ्रमण गर्दै प्रधानमन्त्री मेले यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएकी हुन् । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अग्नि नियन्त्रकले ६५ जनाको उद्धार गरेका छन् । आगलागीको कारण अझै थाहा भएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु