संदिग्ध व्यक्ति सैनिकको गोली प्रहारबाट मारिए

२०७४ असार ७ गते, बुधबार

काठमाडौं, ७ असार । बेल्जियमको ब्रसेल्समा बिस्फोट गराउन खोज्ने एक संदिग्ध व्यक्ति बेल्जियम सैनिकको गोली प्रहारबाट मारिएका छन् । ब्रसेल्सको रेल वे स्टेशननजिकै विस्फोटक पदार्थले भरिएको पेटी लगाएका संदिग्धले ब्रसेल्स सेनालाई देख्ने बितिकै बिस्फोटको प्रयास गरेका थिए ।
ब्रसेल्सको ग्राँ प्ला रेलवे स्टेशनको टिकट काउन्टरमा विस्फोट गराउने उद्देश्यका साथ प्रवेश गरेको उसलाई गोली लाग्दा बिस्फोटक पदार्थ पड्किएको थियो ।
विस्फोटबाट कोही पनि घाइते नभएको बताईएको छ । घटना लगत्तै रेल वे स्टेशन बन्द गराइएको छ । ब्रसेल्सको बिमानस्थलमा सन् २०१६ मा भएको आतंकवादी आक्रमणमा ३२ जना मारिएका थिए । मारिनेको पहिचान हुन सकेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु