अल जजिरा टेलिभिजन बन्द गर्न माग

२०७४ असार १० गते, शनिबार

काठमाडौं, १० असार । कतारले छिमेकी देशले आफूमाथि लगाएको प्रतिबन्धपछि राजनीतिक तथा कुटनीतिक संकटमा रहेको सम्बन्ध सुधारको प्रयास थालेको छ । प्रतिबन्ध लगाएका साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराईनले कतार समक्ष आफ्नो मागको सूचि प्रस्तुत गरेका छन् । उनीहरुले कतारको टेलिभिजन नेटवर्क अल जजिरा बन्द गर्नु पर्ने लगायत १३ बुँदे माग प्रस्तुत गरेका छ ।
१० दिनको अल्टिमेटमसहित प्रस्तुत गरिएका मागमा टर्कीमा रहेको कतारको सैन्य अखडा बन्द गर्नु पर्ने तथा इरानसँगको सम्बन्ध घटाउनु पर्ने सहितका छन् । साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहरानी, यमन र लिबियाले दुई हप्ताअघि कतारले आतंकवादलाई सहयोग गरेको भन्दै उसँगको राजनीतिक तथा कुटनीतिक सम्बन्ध अन्त्य गर्दै प्रतिबन्ध लगाएका थिए । आफूहरुले प्रस्तुत गरेका पछिल्ला माग १० दिनभित्र पूरा गरेमा कतारमाथिको प्रतिबन्ध हटाउने ती देशले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु