‘ओबामाले रुसी हस्तक्षेपको विषयमा केही गर्न सकेनन्’

२०७४ असार ११ गते, आईतवार

काठमाडौं, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओमाबाले अमेरिकी चुनावमा संभावित रुसी हस्तक्षेपको विषयमा केही नगरेको आरोप लगाएका छन् । गत नोभेम्बरका सम्पन्न राष्ट्रपतीय निर्वाचनभन्दा धेरै अघि नै ओबामालााई रुसी हस्तक्षेपबारे जानकारी रहेको ट्रम्पको जिकिर थियो ।
अमेरिकी पत्रिका वासिङटन पोस्टले चुनाव हुनुअघि अगष्ट महिनामा नै ओबामालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चुनावी हस्तक्षेपमा सिधै लिप्त हुने जानकारी रहेको लेख प्रकाशित गरेपछि ट्रम्पको यस्तो भनाई आएको हो ।
पुटिन चुनावलाई प्रभावित पार्ने साइबर अभियानसँग जोडिएको र यसबाट हिलारी क्लिन्टनलाई नोक्सान र ट्रम्पलाई जिताउन मद्धत गर्न सकेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।
ओबामाले गोप्य रुपमा रुसलाई सजाय दिने विभिन्न विकल्प सोचे पनि अन्त्यमा सांकेतिक रुपमा ३५ रुसी कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । रुसी हस्तक्षेपका विषयमा अमेरिकामा उच्चस्तरीय जाँच चलिरहेको छ । रुसले भने आरोप अस्वीकार गर्दै आएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]