कतारमाथि प्रतिबन्ध कायम राख्ने निर्णय
काठमाण्डौ , २२ असार । कतारले आफूसँगको सम्बन्ध तोडेर विभिन्न माग राख्दै आएका खाडी मुलुकलाई माग पुरा गर्न नसक्ने जवाफ पठाएपछि चार मुलुकले कतारमाथिको प्रतिबन्ध कायम राख्ने निर्णय गरेका छन् । कतारमाथि ‘आतंकवादलाई पोषण गरेको’ आरोप लगाउँदै खाडी मुलुकले ऊसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेका थिए । लगत्तै ती मुलुकले कतारमाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । तर हालै आफ्ना माग पुरा गर्न उनीहरुले दिएको समयसीमा सकिदा समेत कतारबाट सकारात्मक जवाफ नआएको भन्दै प्रतिबन्ध कायम राख्नेमा चार मुलुक सहमत भएका छन् । कायरोमा साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । ती मुलुकले आफ्ना मागका बारेमा कतार गम्भीर नभएको आरोपसमेत लगाएका छन् । कतारले भने ती मुलुकका माग पुरा गर्न नसकिने लिखित जवाफ यसअघि नै पठाइसकेको थियो । खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक अघि नै कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले असहमतिको जवाफ प्रतिबन्ध र समयसीमा नहुने प्रष्ट पार्दै वार्ता र तर्कका माध्यमबाट समाधान खोज्न सुझाव दिएका थिए । (एजेन्सी)
कतारमाथिको प्रतिबन्ध कायम राख्ने चार अरब मुलुकको निर्णय बिहीबार, २२ आषाढ, २०७४ मा प्रकाशित, 1113 पटक हेरिएको 298 2 0 0 0 रियाद, असार २२ । कतारले आफूसँगको सम्बन्ध तोडेर विभिन्न माग राख्दै आएका खाडी मुलुकलाई माग पुरा गर्न नसक्ने जवाफ पठाएपछि चार मुलुकले कतारमाथिको प्रतिबन्ध कायम राख्ने निर्णय गरेका छन् । कतारमाथि ‘आतंकवादलाई पोषण गरेको’ आरोप लगाउँदै खाडी मुलुकले ऊसँगको कुटनीतिक सम्बन्ध अन्त्य गरेका थिए । लगत्तै ती मुलुकले कतारमाथि विभिन्न प्रतिबन्ध लगाएका थिए । तर हालै आफ्ना माग पुरा गर्न उनीहरुले दिएको समयसीमा सकिदा समेत कतारबाट सकारात्मक जवाफ नआएको भन्दै प्रतिबन्ध कायम राख्नेमा चार मुलुक सहमत भएका छन् । कायरोमा साउदी अरब, इजिप्ट, बहराइन र संयुक्त अरब इमिरेट्सका विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । ती मुलुकले आफ्ना मागका बारेमा कतार गम्भीर नभएको आरोपसमेत लगाएका छन् । कतारले भने ती मुलुकका माग पुरा गर्न नसकिने लिखित जवाफ यसअघि नै पठाइसकेको थियो । खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक अघि नै कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले असहमतिको जवाफ प्रतिबन्ध र समयसीमा नहुने प्रष्ट पार्दै वार्ता र तर्कका माध्यमबाट समाधान खोज्न सुझाव दिएका थिए । – एजेन्सी