अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे नयाँ खुलासा

२०७४ असार २६ गते, सोमबार

काठमाडौं, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले गत वर्ष भएको राष्ट्रपति निर्वाचनमा हिलारी क्लिन्टनको सूचनामा क्षति पुर्‍याउने विषयमा रुसी वकिल नातालियासँग भेट गरेको स्वीकारेका छन् । गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनअघि जुनियर ट्रम्पले हिलारी क्लिन्टनलाई क्षति पुर्‍याउने विषयमा न्यूयोर्कस्थित ट्रम्प टावरमा उक्त भेटवार्ता गरेका थिए । तर, नतालियाले कुनै अर्थपूर्ण सामग्री उपलब्ध गराउन नसेको ट्रम्पको छोराले बताए ।
न्यूयोर्क टाइम्सकाअनुसार उक्त भेटवार्तामा ट्रम्पका ज्वाइँ जरिद कुश्नर र उनका चुनावी प्रचार प्रमुख पनि थिए । भेटवार्ताका विषयमा उनीहरु दुबैले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । अमेरिकाको संघीय जाँच ब्यूरो र कंग्रेस दुबैले अमेरिकी चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेका छन् । राष्ट्रपति ट्रम्प र रुसले भने आरोप अस्वीकार गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]