अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे नयाँ खुलासा

२०७४ असार २८ गते, बुधबार

काठमाण्डौ , २८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोराले रुसका एक व्यक्तिले पठाएको ईमेल सार्वजनिक गर्दै हिलारी क्लिन्टनको विषयमा संवेदशील जानकारी दिएको सार्वजनिक गरेका छन् । जुनियर ट्रम्पले रुससँग ट्रम्पको समर्थनको हिस्सा बन्न सक्ने सूचना आफूलाई दिइएको बताएका छन् । यसअघि भने उनले राष्ट्रपतीय निर्वाचनमा रुसको भूमिकाबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका थिए । जुनियर ट्रम्प र रुसी वकिलबीच ट्रम्प टावरमा क्लिन्टनको चुनावी अभियानलाई असर पु¥याउने सामग्रीका विषयमा भेटवार्ता भएको पनि सार्वजनिक भइसकेको छ ।
यता, अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो जेठो छोराले इमेल श्रृंखला सार्वजनिक गरेर पारदर्शी काम गरेको बताएका छन् । ईमेलमा राष्ट्रपतीय निर्वाचनमा रुसले सहयोग गरेको विषयलाई स्वागत गरिएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपका विषयमा एफबीआई र अमेरिकी कंग्रेसले अनुसन्धान गरिरहेको छ । तर रुसले भने आरोप अस्वीकार गर्दै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]