जन्मदिनको पार्टीमा ११ को हत्या
काठमाडौ, ३० असार । मेक्सिकोमा बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरिएको छ । मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा केही नकावधारी व्यक्तिले बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरेका हुन् ।
प्रहरीले घटनास्थलमा तीन बालकलाई जिवितै फेला पारेपनि ११ वयस्कलाई भने हत्या गरिएको अवस्थामा फेला पारेको हो । यस वर्षको मे मा मात्र २ हजार १ सय ८७ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ ।