अमेरिकामा भिषण बाढी, नौं जनाको मृत्यु
काठमाडौं, ३ साउन । अमेरिकाको एरिजोना राज्यमा भारी बर्षापछि आएको बाढीमा परी नौ जनाको मृत्यु भएको छ । बाढीले बगाएका उनीहरुको शव दुई माइल टाढा भेटिएको हो । बाढीले दर्जनौंलाई बगाएकोमा केहीको उद्धार गरिएको छ भने केही अझै हराइरहेका छन् । बाढीसँगै बगेकाहरुको हेलिकोप्टरबाट उद्दार गरिएको हो । भीषण बाढीका कारण सो राज्य नराम्ररी प्रभावित भएको छ । बाढीले खोला किनारका घरमा क्षति पुर्याउनुका साथै केही चौपाया पनि बगाएको छ । हराइरहेकाहरुको खोजीका लागी उद्धारकर्मीहरु खटिएका छन् । एरिजोना राज्यमा हाल बर्षा रोकिएको भए पनि बाढी भने बढ्दै गएको बताइएको छ । – एजेन्सी