विश्वयुद्ध भए चीनले असाधारण घातक हतियार प्रयोग गर्न सक्ने
काठमाडौं, २० साउन । अहिले कोरीयाली प्रायद्धीपमा क्षेप्यास्त्र प्रक्षेपणको तनाव, चीनीया समुन्द्रको विवाद, भारत चीन विवाद तथा रुस अमेरीका विवादको मामला हेर्दा कुनै पनि बखत विश्व युद्ध नहोला भन्न सकिन्न ।
पहिलो र दोस्रो विश्वयुद्धको तुलनामा अबको विस्वयुद्ध निकै घातक हुने छ किन कि हतियार तथा प्रविधिको विकासले आजको समय धेरै अगाडी पुर्याईसकेको छ । अहिले अर्थतन्त्रको साथ साथै सेना र प्रविधिमा चीन द्रुत गतिमा अघि बढीरहेको शक्ति हो । हतियार र अर्थतन्त्रमा समेत सबल बनेको चीनले अब तेस्रो विश्वयुद्ध भए आफूलाई कसरी प्रस्तुत गर्ला ? यो निकै चासोको विषय हो ।
तर विज्ञहरुले अब यदी तेस्रो विश्वयुद्ध भए चीन शक्तिशाली रुपमा असाधारण र घातक हतियारको प्रयोगमा आउन सक्ने चेतावनी दिएका छन् ।
प्रशिद्ध उपन्यासकार अगष्ट कोलले आफ्नो लेख घोष्ट फ्लीट ः अ नोवेल अफ् नेक्स्ट वारमा चीनको अत्याधुनिक हतियारको बारेमा उल्लेख गरेका छन् ।
जस मध्य केही हतियारको बारेमा यहा चर्चा गरिएको छ ।
१. फ्लड ड्रयागन :यो चीनको सबै भन्दा सानो तर खतरनाक सबमरीन हो । तीन व्यक्ति आरामपुर्वक बसेर समुन्द्रको साढे सात हजार मिटर गहिराई सम्म पुगेर यसले आक्रमण गर्न सक्छ । यसले दुष्मनको सबमरिन भन्दा तल गएर हमला गर्न सक्छ । यसलाई पत्ता लगाउन कठिन हुन्छ भने यसले सजिलै अरु सब मरिन पत्ता लगाएर आक्रमण गर्न सक्छ ।
२. डोगंफेंग ४१ः यो विश्वकै सबै भन्दा लामो दुरीमा मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र हो । यसले १२ देखि १४ हजार किलो मिटर सम्म जबरजस्त हमला गर्न सक्छ । यो बेईजिगंबाट लण्डन भन्दा २ हजार किलो मिटर टाढा सम्म जान सक्छ । ३० हजार ६ सय २६ किलो मिटर प्रतिघण्टाका दरले यो जान्छ । यसको तौल ८० हजार किलोग्राम छ ।
३.डिएफ ४१ःयो तीन हिस्सा भएको ब्यालेष्टीक मिसाईल हो । यो यति खतरनाक छ कि १२ वटा सम्म आणविक बम बोकेर १४ हजार किलो मिटर सम्म पुगे पछि यो अलग अलग दिशामा विभाजित भएर यसले निशानामा हमला गर्न सक्छ ।
४.एच २०० राडार : यो राडार र विमान रोधी हतियारलाई चक्मा दिन सक्छ । यसले दुष्मनको गतिविधिको लामो दुरीबाट पनि हाई रिजोल्युसन तस्वीर लिन्छ । जसको मद्धतले लामो दुरीबाट पनि सटिक रुपमा हमला गर्न सकिन्छ ।
यस बाहेक अत्याधुनिक बम बर्षक विमान र फाईटर जेटस् , टैंकहरु र हेलिकोप्टरहरु चीनले आफ्नो अनुकुलतामा अत्याधुनिक प्रविधियुद्ध र शक्तिशाली रुपमा तयार गरेका छन् ।
अहिले विश्वकै सबै भन्दा ठूलो सेना चीनको हो । यसको संख्या २३ लाख ५० हजार छ । रिजर्भ सेना २३ लाख छ । चीनमा हरेक नागरिकले १८ वर्षदेखि २४ वर्ष सम्म अनिवार्य सैनिक सेवामा सहभागी हुनु पर्छ ।
अहिले महिलालाई पनि ठूलो संख्यामा ईन्फेन्ट्री फोर्समा सामेल गरिएको छ । रकेट फोर्स, स्ट्राटेजिक फोर्स र कमाण्ड अफ् जनरल आर्मी जस्ता नयाँ फोर्स चीनले बनाएको छ । पाच वटा मुख्य थिएटर कमाण्ड बनाएको चीनले संसारमा सबै प्रकारको युद्धबारे अभ्यास गरीरहेको छ । चीनले ३८ वर्षदेखि युद्ध लडेको छैन ।
चीनीया राष्ट्रपतिले जनसेनाको ९० औं वर्षगाठमा भएको परेडमा सबोधन गर्दै दुनियाको कुनै पनि तागतको हमलालाई पराजीत गर्न सेना सक्षम रहेको बताएका थिए ।
१ हजार बर्ग किलो मिटर फैलिएको भित्री मंगोलियाको तालिम केन्द्रमा गरिएको परेडमा चीनले सैन्य प्रविधिको क्षेत्रमा हासिल गरेको विकास र सेनाको क्षमताको प्रदर्शन गरिएको थियो ।
यो परेडमा १२ हजार सेनाले भाग लिएका थिए । सयौ हतियार र प्रविधिको प्रदर्शन गरिएको थियो । अगष्ट १ १९२७ मा माओले जनमुक्ति सेनाको गठन गर्नु भएको थियो । – एजेन्सी