टेक्सासमा समुद्री आँधी, जनजीवन अस्तव्यस्त

२०७४ भाद्र ११ गते, आईतवार

काठमाडौं, ११ भदौ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्वेका कारण जनजीवन अस्तव्यस्त भएको छ । अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी दिएको छ । प्रतिघण्टा २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको तुफानले तटीय क्षेत्र बढी प्रभावित भएको छ । हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने धेरै रुख ढलेका छन् । भत्किएका घरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।
टेक्सासको तटीय क्षेत्रमा विद्युत् सेवा बन्द भएको छ । आँधीका कारण भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । अमेरिकी मौसमविद्हरुले अबको केही दिन ठूलो पानी पर्ने बताएका छन् । आँधीका कारण रकपोर्ट शहर बढी प्रभावित भएको छ । अमेरिकामा पछिल्लो १३ वर्षमा आएको यो नै सबैभन्दा ठूलो समुद्री आँधी हो ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]