अपहरणमा परेका रुसी नागरिकको हत्या

२०७४ भाद्र १८ गते, आईतवार

काठमाडौं, १८ भदौ । कोलम्बियामा विद्रोही समूहको अपहरणमा परेका एक रुसी नागरिकको हत्या भएको छ । गत नोभेम्बरमा कोलम्बियाको विद्रोही समूह इएलएनको अपहरणमा परेका अमेरिकी मूलका रुसी नागरिक अरसन भोस्कन्यान भाग्न खोज्दा गोली हानी हत्या गरिएको हो ।कोलम्बियाको उत्तर पश्चिम क्षेत्रमा रेडक्रसको सामान वितरणका लागि गएका अरसनलाई कोलम्बियाको इएलएन समूहले अपहरण गरेको थियो । यता, कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिबार्ताका लागि भएका प्रयासहरु विफल हुँदै आएका छन् । पटक पटकको वार्तामा विद्रोही समूहले नयाँ–नयाँ शर्त तेर्स्याएपछि वार्ता असफल भएको हो – (एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]