कोलम्बियामा युद्धविराम हुने
काठमाडौं, २० भदौ । कोलम्बियामा विद्रोही समूह नेशनल लिवरेशन आर्मी इएलएन र सरकार अस्थायी युद्धविराम गर्न राजी भएका छन् । विद्रोही समूह इएलएन र सरकार अस्थायी रुपमा युद्धविराम गर्न तयार भएपछि कोलम्बिया शान्तिको मार्गमा थप अगाडि बढेको छ । विद्रोही समूह र सरकारी पक्ष ५० बर्ष लामो संघर्ष अस्थायी रुपमै भएपनि रोक्न राजी भएका हुन् ।
युद्धविराम आगामी अक्टोबर १ देखि जनवरी १२ सम्म हुने कोलम्बियाली राष्ट्रपति जुआन मानुएल सान्तोषले जानकारी दिए । अस्थायी युद्धविरामका समयमा अपहरण, आक्रमणजस्ता कार्य रोकिने छ भने नागरिकको सुरक्षाको प्रत्याभूति गर्दै कुनै अप्रिय घटना हुन नदिनेमा दुबै पक्ष सहमत भएको राष्ट्रपति सान्तोषको भनाइ छ । – एजेन्सी