सिरियामा रसियाली सेनाको आक्रमण, ३०४ जना मारिए

२०७४ आश्विन १८ गते, बुधबार

काठमाडौं, १८ असोज । रसियाली सेनाको हवाई आक्रमणमा परी सिरियामा ३०४ जना मारिएका छन् । सिरियाली सेनालाई सघाइरहेको रुसी सेनाको हवाई आक्रमणमा यूफ्रेट्स नदीको पूर्वी किनारामा बस्दै आएका ३०४ विद्रोही दुई दिनमा मारिएको दावी रसियाली रक्षा मन्त्रालयले गरेको हो । मारिनेमा सात जना आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेको दावी रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभको छ । आक्रमणमा अरु १७० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका आश्रयस्थल, थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएको दावी गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]