‘क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर’

२०७४ आश्विन २० गते, शुक्रबार

काठमाडौं, २० असोज । स्पेनको संवैधानिक अदालतले क्याटालोनियालाई स्वतन्त्र घोषणा नगर्न आदेश दिएको छ । क्याटालोनियालाई स्वतन्त्र घोषणा गरिए संविधानको उल्लंघन ठहर्ने पनि अदालतले भनेको छ । अदालतले आगामी साता बस्न लागेको क्याटालान संसदको बैठक पनि स्थगित गर्न आदेश दिएको छ ।
क्याटालान नेता कार्लोस पुईग्देमोन्टले सोमबार बस्ने संसद बैठकले क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताउँदै आएका थिए । अदालतले यो आदेश स्पेनिस सरकारको नभई क्याटालानकै समाजवादी दलले स्वतन्त्रताको घोषणा रोक्न माग गर्दै हालेको मुद्दामा दिएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]