मोदीको कार्यालयमा आगलागी

२०७४ आश्विन ३१ गते, मंगलवार

काठमाडौँ , ३१ असोज । भारतीय प्रधानमन्त्रीको कार्यालयमा आज बिहान र ३ः३५ बजे आगो लागेको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]