पाकिस्तानी चरमपन्थी नेता खोरासानी मारिए
काठमाडौँ,३ कात्तिक । अमेरिकी ड्रोन हमलामा पाकिस्तानका प्रभावशाली चरमपन्थी नेता ओमार खालिद खोरासानी मारिएका छन् । विश्वका कयौं राष्ट्रमा जमात अल अहार समूहको नाममा आतंकवादी गतिविधि गर्दैै आएका खोरसानी अमेरिकी ड्रोन विमानले अफगानिस्तानमा गरेको हमलामा मारिएका हुन् । उनीसँगै अन्य नौ जना चरमपन्थी पनि मारिएका छन् । उनकै नेतृत्वमा पाकिस्तानमा पछिल्लो समय शक्तिशाली बम बिस्फोट गराइएको बताइएको छ ।
अमेरिकी बिदेशमन्त्री रेक्स टिलर्सनको पाकिस्तान भ्रमण सकेलगत्तै अमेरिकाले ड्रोन हमलालाई तीब्रता दिएको हो । सोही समूहले गत वर्ष पाकिस्तानको लाहोरमा शक्तिशाली बम बिस्फोट गराई ७० जनाको ज्यान लिएको थियो ।- एजेन्सी