उत्तर कोरियाद्वारा चेतावनी पत्र
काठमाडौं, ५ कात्तिक । उत्तर कोरियाले विभिन्न मुलुकलाई पत्र पठाएर परमाणु कार्यक्रम र अमेरिकासँगको तनावका बारेमा आफ्नो धारणा राखेको छ ।
स्ट्रेलियाका विदेशमन्त्री जुली विशपको फेसबुकमा उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र सार्वजनिक गरिएको छ । पत्रमा उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न मुलुक घोषणा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई परमाणु युद्धतिर धकेलिरहेको आरोप लगाएको छ ।
इन्डोनेसियालाई पनि उत्तर कोरियाले पत्र पठाएको छ । इन्डोनेसियास्थित उत्तर कोरियाली दूतावासमार्फत पत्र पठाइएको अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार पत्रमा अमेरिकाले उत्तर कोरियालाई झुकाउन खोजेको हो भने त्यो धेरै ठूलो गल्ती हुने प्रष्ट पारिएको छ । उत्तर कोरियाले विभिन्न मुलुकलाई अमेरिकाको पक्षमा नलाग्न चेतावनीसमेत दिएको बताइन्छ । – एजेन्सी