जर्ज बुसमाथि यौन उत्पीडनको आरोप

२०७४ कार्तिक ९ गते, बिहीबार

काठमाडौं, ९ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् । ९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् । उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् ।
हिथरले जर्ज बुस सिनियरमाथि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यो आरोप लगाएकी हुन् । उनले इन्स्टाग्राममा गरेको पोस्ट पछि हटाएकी थिइन् । तर पूर्व राष्ट्रपति बुसका प्रवक्ताले भने जानीजानी कसैलाई पनि दुःख दिने नियतले बुसले केही काम नगरेको दाबी गरेका छन् । उनले ख्यालठट्टा गर्ने क्रममा कसैलाई परेको चोटप्रति माफी मागेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]