सोमालियामा विष्फोट, १४ जनाको मृत्यु

२०७४ कार्तिक १२ गते, आईतवार

काठमाडौं, १२ कात्तिक । सोमालियाको राजधानी मोगादिसुमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा धावा बोलेका थिए । दोस्रो विष्फोट पहिलाको संसद् भवन नजिकै गराइएको थियो । विष्फोटमा परि धेरै घाईते भएका छन् ।
विष्फोटको जिम्मा लडाकु समूह अल सबाबले लिएको छ । प्रान्तिय नेताहरु अल सबाब विरुद्धको एकीकृत रणनीति तयार गर्न भेला भएको मौका छोपी अल सबाबले आक्रमण गरेको अधिकारीहरुले अनुमान गरेका छन् । दुई हप्ता अघि अल सबाबले गरेको विष्फोटमा कम्तिमा ३ सय ५० जना मारिएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]