ट्रम्पका सल्लाहकारद्वारा झुठो बोलेको स्वीकार

२०७४ कार्तिक १४ गते, मंगलवार

काठमाडौं, १४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका एक सल्लाहकारले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् । उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए ।
अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआईले गत जनवरीमा सोधपुछ गर्दा भने उनले आफू ट्रम्पको चुनावी अभियानमा संलग्न हुनुअघि रुससँग सम्बन्ध भएका दुई जनालाई भेटेको बताएका थिए । तर पछि उनले ट्रम्पको चुनावी अभियानमै संलग्न रहेका बेला उनीहरुसँग भेटघाट गरेको पाइएको थियो । उनले भेटेका व्यक्तिमा एक जना रुसी महिला तथा लण्डनमा कार्यरत एक जना प्राध्यापक रहेको बताइएको छ । तर उनीहरुको नाम खुलाइएको छैन । ती व्यक्तिको रुसी अधिकारीहरुसँग सिधा सम्पर्क रहेको बताइएको छ । गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार क्लिन्टन ट्रम्पसँग पराजित भएकी थिइन् । रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका छन् । रुस र ट्रम्पको चुनावी अभियानबीच साँठगाँठ रहेको भन्ने आशंकाबारे छानबिन गरिरहेका रबर्ट मुलरले जर्ज पापाडोपलस विरुद्ध मुद्दा दायर गरेका हुन् । रुस र ट्रम्प दुबैले आफूहरुबीच त्यस्तो कुनै सम्बन्ध नरहेको जिकिर गर्दै आएका छन् । यो विषयले राष्ट्रपति ट्रम्पलाई ठूलो नोक्सानी पुग्न सक्ने विश्लेषण गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]